|फाइल तस्बिर
पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत पाँच किमी विद्यार्थी सडक दौडको तयारी तीव्र पारिएको छ ।
वैशाख २९ मा पोखरा-१, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत् विद्यार्थीले भाग लिन पाउने छन् ।
प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ ।
विद्यालयबाट सुरु हुने दौड विन्ध्वासिनी मन्दिर-बागलुङ बसपार्क-भीमसेनचोक-कोपिलढुंगा चोक-ज्ञानभूमि स्कुल-बाल मन्दिर-पिएन क्याम्पस, भीमकालीपाटन-पोखरा-१ कार्यालय-सिम्पानीचोक हुँदै विद्यालयमा आइ टुंगिनेछ ।
विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
उनकाअनुसार दौड बिहान साढे ६ बजे सुरु हुनेछ । विद्यालयको सिफारिसपत्र वा विद्यार्थी परिचयपत्र आधारमा दौडमा सहभागी हुन पाइनेछ । त्यसका लागि विद्यार्थी धावकले २७ वैशाखसम्म विद्यालयमा नाम दर्ता सक्ने छन् ।
हीरक महोत्सवअन्तर्गत आगामी असोजमा विद्यालयस्तरीय विद्यार्थी छेलो (ठेलो) र जिल्लास्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता समेत गर्ने कार्यतालिका छ ।
गत २००६ मंसिर २० मा स्थापना भएको तत्कालीन पोखरा पब्लिक मिडिल स्कुल नामले स्थापित गण्डकीकै ऐतिहासिक राष्ट्रिय माविले वर्षैभरि विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाउँदैछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution