नेपाल र वेस्टइन्डिज बीचको चौथो खेल आज

पोखरा । नेपाल र वेस्टइन्डिज ‘ए’ बिचको चौथो टी-ट्वान्टी क्रिकेट आज खेलिँदै छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।

पाँचवटा टी-ट्वान्टी खेलको शृङ्खला खेल्न हाल वेस्टइन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ ।

नेपाल भ्रमणमा रहेको वेस्टइन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

जारी शृङ्खलामा वेस्टइन्डिज २-१ ले अगाडि छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा भने वेस्टइन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्टइन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button