आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

पोखरा । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् ।

हरेक मे ३ तारिखमा मनाइने यस वर्षको दिवसको नारा पृथ्वीका लागि प्रेस, वातावरणीय संकटको सामनामा पत्रकारिता भन्ने रहेको छ ।

सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।

प्रेस स्वतन्त्रता सञ्चारमाध्यमको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताउँदै पत्रकारले यसको संरक्षणका लागि नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणको माग पनि गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button