|फाइल तस्बिर
पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले विविध कार्यक्रम आयोजना गरी स्व. रवीन्द्र अधिकारीको ५५औं जन्मजयन्ती मनाउने भएको छ । यस अवसरमा आज रक्तदान कार्यक्रम र स्मृतिमा रवीन्द्र विषयक परिसंवाद कार्यक्रम आयोजना गरिएको छ ।
आज बिहान ७ः३० बजे पोखरा सभागृहमा रक्तदान कार्यक्रम र दिउँसो ३ बजे पोखरा उद्योग वाणिज्य संघमा स्मृतिमा रवीन्द्र विषयक परिसंवाद कार्यक्रम आयोजना गरिएको अध्यक्ष एवं संघीय सांसद विद्या भट्टराईले जानकारी दिइन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा पुगेका मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
तत्कालीन मन्त्री अधिकारी कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थिए । अधिकारीले वि.सं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरेसँगै विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।
वि.सं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए ।
उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
साथै अधिकारी ०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटकपटक गरी ५ महिना जेल बसेका छन् ।
२०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution