क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड दिनुपर्छ : मन्त्री गिरी

पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले देशको विद्यमान युवा पलायन रोक्नेगरी समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् ।

जेसिज सप्ताहअन्तर्गत पोखरा जेसिजद्वारा आयोजित ‘आर्थिक विकास समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन् ।

मन्त्री गिरीले देशको प्रचुर सम्भावनाका बाबजुद राजनीतिक परिवर्तनपछि समृद्धिको नेतृत्व लिननसक्दा राजनीतिक नेतृत्वप्रति प्रश्न उठेको भन्दै अब त्यो अवस्थालाई चिर्न एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।

भूकम्प, कोभिडलगायत विभिन्न कारणले दबाबमा रहेको अर्थतन्त्र सुधारका लागि सरकारले काम गरिरहेको पनि उनको भनाइ थियो ।

देशमा लगानी भित्र्याउने सम्बन्धमा सत्ता, प्रतिपक्षका साथै सबै राजनीतिक दल एक हुनु आवश्यक रहेकामा उनको जोड दिए ।

समृद्धिका लागि क्षमतावान् जनशक्ति उत्पादन र उपयोग आवश्यक भएकाी गिरीले स्पष्ट पारे ।

देश समृद्धिको मुख्य आधारस्तम्भका रूपमा रहेका युवा जनशक्ति पलायनको अवस्था चुनौतीपूर्ण भएको भन्दै उनले दक्ष जनशक्ति तयार गर्ने किसिमको व्यावसायिक र सीपमूलक शिक्षाको सुनिश्चिततामा जोड दिनुपर्ने स्पष्ट पारे । उनीहरूलाई स्वदेशमा नै उपयोग गर्ने गर्ने वातावरण तयार गर्नुपर्ने उनले खाँचो औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्दप्रसाद ढकालले देश आर्थिकरूपमा केही अफ्ठ्यारा अवस्था रहे पनि निराश हुनुपर्ने अवस्था भने नरहेको बताए ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा श्रीकान्त खतिवडाले नेपालको आर्थिक नीति परिणाममुखी बन्न नसक्दा अर्थतन्त्रमा सुधारआउन नसकेको धारणा राखे ।

प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै विदेश पलायन हुनलागेको युवा जनशक्ति नेपालमा नै रोकिने वातावरण बनाउनुुपर्नेमा उनले जोड दिए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले देशको समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएकाले यस क्षेत्रमा पूर्वाधार विकाससँगै पदयात्रा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button