नदीमा डुबेर युवतीको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ बैशाख २२
नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

लमही नगरपालिका-७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् ।

त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस