पाेखरामा मार्सल आर्ट फेस्टिभल प्रतियोगिता सुरु

पोखरा । महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिका विविध खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल जेठ १५ गतेसम्म जारी रहने छ ।

मार्सल आर्ट फेस्टिभलको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले व्यक्तिगत स्वास्थ्य तथा सामाजिक एकता कायम गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण साबित हुँदै आएको बताए ।

विश्वलाई नेपाल चिनाउन र सामाजिक विकास गर्न खेलकुद अपरिहार्य रहेको उनले बताए ।

पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।

विभिन्न खेल सङ्घहरूको सहकार्यमा आयोजना गरिएको उक्त फेस्टिभलमा ८ विद्याका खेल प्रतियोगितासहित तालिमसमेत सञ्चालन गरिनेछन् ।

फेस्टिभलमा कराँते, तेक्वान्डो, उसु, फुल कराँते, तेक्वान्डो आइटिएफ, जुडो, फेन्सिङ, हप्किडोमा विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

सो क्रममा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button