बलात्कारका दोषी सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । बलात्कारका दोषी राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज पनि हेर्न नमिल्नेमा राखिएको छ ।

काठमाडौा जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

यसअघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्धा आज हेर्न नमिल्नेमा राखिएको छ ।

यस मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।

सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन् । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडि बढाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button