पोखरा । जवरजस्ती करणी मद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ७ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ क्रान्तिटोल बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।
जिल्ला अदालत कास्कीले २०७९ कात्तिक २३ गते जबरजस्ती करणी मुद्दामा गुरुङबिरुद्ध ११ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना र दुई हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो ।
त्यसैबेलादेखि उनी फरार रहँदै आएका थिए । उनको खोजी गर्नेक्रमममा वडा प्रहरी कार्यालय रामबजारको टोलीले गुरुङलाई पक्राउ गरी आज आवश्यक कारबाहीका लागि अदालत पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution