पोखरा । जंगलमा आगो लगाएकाे आराेपमा एक जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का ३९ वर्षीय अगन्धर पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार पौडेलले वैशाख २१ गते अन्नपूर्ण गापा वडा नं. ३ मराम्चेस्थित मराम्चे सामुदायिक वनमा आगो लगाएका थिए ।
विशेष सूचनाका आधारमा पौडेललाई सोही दिन नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।
पौडेलले आफ्नो खरबारीमा आगो लगाएको र सो आगो अनियन्त्रित भएर जंगलमा लागेको डीएसपी शर्माले बताए ।
उक्त आगो वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली र स्थानीयले पनि नियन्त्रणमा लिन सकेको थिएन ।
पौडेललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution