आँधीखोलामा डुबेर एक महिलाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ बैशाख २३
आँधीखोलामा डुबेर एक महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जाको आँधीखोलामा डुबेर आइतबार दिउँसो एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं. १० पाठेखोला बस्ने ६८ वर्षीया पविसरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार वालिङ नगरपालिका-९ बैदीस्थित आँधीखोलामा डुबेर अशक्त भएको उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस