पोखराकाे फुस्रे खोलामा डुबेर सुप्रिम पौडेलको मृत्यु

पोखरा । पोखराको फुस्रे खोलामा डुबेर आइतबार एक किशोरको ज्यान गएको छ ।

आइतबार दिउँसो करिब ४ः३० बजे पोखरा १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्नेक्रममा डुबेर बालकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ९ नागढुंगा बस्दै आएका १६ वर्षीय सुप्रिम पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो सुप्रिमसहित सात जना पौडी खेल्न फुस्रेखोलामा पुगेका थिए ।

सुप्रिम खोलामा डुबेको सूचना प्राप्त गर्ने बित्तिकै उद्दार तथा खोजीका लागि वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिका गणबाट रेस्क्युसहितको टोली खटिएको थियो ।

खोजी गर्नेक्रममा सुप्रिम मृत अवस्थामा फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

समाचार स्रोतका अनुसार सुप्रिम पोखराको सिमलचौरस्थित जनप्रिय माविमा कक्षा १० मा अध्ययनरत थिए ।

आइतबार नै पोखराको हर्पन खोलामा डुबेर स्यांजा घर भइ हाल पोखरा-५ बस्दै आएका १५ वर्षीय सोनाम सुवेदीको ज्यान गएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button