प्रवासी क्र्होँगि-लम परिवार गठन, अध्यक्षमा नन्दबहादुर

  • पोखरा न्यूज
  • २०८१ बैशाख २४
प्रवासी क्र्होँगि-लम परिवार गठन, अध्यक्षमा नन्दबहादुर

बेलायत । बेलायतमा प्रवासी क्र्होँगि-लम परिवार गठन भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटबाट विभिन्न मुलुकमा छरिएर रहेका क्र्होँगि-लमहरुले प्रवासी क्र्होँगि-लम परिवार गठन गरेका हुन् ।

परिवारको अध्यक्षमा नन्दबहादुर क्र्होँगि-लम गुरुङ चुनिएका छन् ।

सबै क्र्होँगि-लम एकताबद्ध भई आइपर्ने समस्याहरुको समाधान गर्न, आपसी भाइचारा अभिवृद्धि गर्न, आफ्ना परम्परा र संस्कृति संरक्षण गर्नका लागि प्रवासी क्र्होँगि-लम परिवार गठन गरिएको सामाजिक अभियान्ता टीका बहादुर क्र्होँगि-लम गुरुङले जानकारी दिए ।

आगामी दिनमा आवश्यकताका आधारमा अन्य देशमा पनि शाखा विस्तार गरिने अध्यक्ष नन्दबहादुरले बताए ।

आफूले संसारभर छरिएका क्र्होँगि-लमहरुलाई एउटै मालामा जोड्न प्रयास गर्ने उनले बताए ।

नवगठित प्रवासी क्र्होँगि-लम परिवारलाई कास्की कांग्रेस सचिव भानु ढकालले शुभकामना व्यक्त गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस