पोखरामा आज पनि वर्षा

पोखरा । पोखरामा आज पनि वर्षा भएको छ । आज दिउँसो २ः५० बजेदेखि वर्षा भएको हो । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ । जसका कारणले वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

आइतबार पोखरासहित गण्डकी, कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो । त्योक्रम आज बिहानबाट रोकिए पनि अपराह्नबाट पुनः सुरू हुने हो ।

पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेको अर्यालले बताए ।

देशभरि जसो नै बदलीको अवस्था छ । आजै अपराह्नपछि पोखरा र काठमाडौंसहित विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ । उनले भने, ‘पश्चिमी भूभागमा पनि पानी पर्ने सम्भावना छ ।’

मौसमविद् अर्यालले पानी पर्ने क्रम दुई–चार दिन कायम रहने सभ्भावना देखिएको पनि जानकारी दिएका छन् ।

‘कतै पर्ला कतै नपर्ला तर दुई–चार दिन पानी पर्ने सम्भावना छ । भोलि र पर्सी मधेसदेखि पश्चिम बुटवलसम्म प्रभाव पार्ने सम्भावना छ । पहाडी र हिमाली भूभागमा पनि वर्षाको सम्भावना छ,’ उनले भने ।

पश्चिम तराईका भूभागहरूमा भने पानी पर्ने सम्भावना नरहेको उनले बताए । पूर्वी तराईमा फाट्टफुट्ट वर्षा हुने पूर्वानुमान गरिएको अर्यालले बताए ।

लामो समय पानी नपर्दा मुलुक डढेलोले आक्रान्त बनेको छ । आइतबार परेको पानीले पूर्वी भेगमा केही राहत भएको छ ।

शनिबारसम्म २ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको थियो। सोमबारसम्म पश्चिमी भूभागका ८० जंगलमा डढेलो लागिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button