पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेमबहादुर नेपाली र नारायणबहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ ।
मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेमबहादुर नेपाली र पाेखरा-२४ बस्ने नारायणप्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खाली गर्ने शर्तनामा गरेका थिए ।
सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटकपटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो ।
पोखरा-२४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
यसैबिच पामे-चालिसे बडहरे-सिसौउडी-रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचनासमेत हटाइएको छ ।
प्रहरी प्रमुख थापाका अनुसार पामेचोकस्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र रामकुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ ।
सडकको केन्द्र भागबाट सात मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण रामकुमारी सुवेदी र कृष्णप्रसाद तिमिल्सिनाको संरचना हटाइएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution