गण्डकीमा सीता र वेदबहादुर मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

उनले आज मन्त्री सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरु अधिकारी नेतृत्वको यसअघिको मन्त्री परिषद्मा पनि मन्त्री थिए ।

सीताले सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ पनि लिएका छन् ।

योसँगै अधिकारीको मन्त्रीपरिषद् पाँच सदस्यीय बनेको छ । यसअघि हरिबहादुर चुमान र दीपक मनाङे मन्त्री नियुक्त भएका थिए ।

ठीक एक महिना अघि मुख्यमन्त्री नियुक्त भएका अधिकारीले राजनीतिक रस्साकस्सीबीच आइतबार विश्वासको मत पाएसँगै आज मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button