पोखरा-१६ काे अल्फा बोर्डिङमा नेपाली निबन्ध लेखन प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा कक्षा १ की आयुना गुरुङ, कक्षा २ का आरोन गुरुङ, कक्षा ३ की अध्ययनरत हन्ना राई, कक्षा ४ ՙक’ की संमृत नेपाली, कक्षा ४ ՙख’ की अङ्किता गौतम, कक्षा ५ ՙक’ की स्वहा सुवेदी प्रथम भएका छन् ।

यसैगरी कक्षा ५ ՙख’ का आयान गौतम, कक्षा ६ की विनिता कार्की, कक्षा ७ की चाहना भुजेल, कक्षा ८ की जेनिशा गुरुङ, कक्षा ९ का सुवर्ण केसी र कक्षा १० का नसिव पुनसमेत प्रतियोगितामा प्रथम हुन सफल भए ।

विजयी विद्यार्थीलाई हौसला बढाउनका लागि आइतबारको बिहानीको प्रार्थना सभामा कार्यकारी निर्देशक दिपक गुरुङ, सहप्राचार्य कृष्ण लम्साल र प्रशासक निराजन थापाले पुरस्कार वितरण गरेका थिए ।

नेपाली विभागद्वारा नेपाली भाषा शिक्षक भारती गौतमको संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा पुरस्कार वितरण कार्यक्रम सह–क्रियाकलाप संयोजक सफलता बमजमले सञ्चालन गरेकी थिइन् ।

विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले विद्यार्थीको चौतर्फी विकासका लागि सह-क्रियाकलापले अहम भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button