पोखरामा भित्रियो अर्ना ६.४

पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको चर्चित ब्राण्ड यति ब्रुअरीद्वारा उत्पादित अर्ना ६.४ बियर सोमबारदेखि विक्री वितरण सुरु गरिएको छ ।

चितवनको चैनपुरमा उद्योग रहेको यति ब्रुअरीले आफ्नो नयाँ उत्पादन अर्ना ६.४ लाई पोखरा बजारमा ल्याएको हो । यो बियरको पोखरामा आधिकारिक विक्रेता पोखरा इन्टरप्राइजेज रहेको छ ।

यसअघि नेपालका प्रमुख सहर काठमाडौं, दमौली, बुटवल, धनगढी, नेपालगञ्ज, विराटनगर र पाल्पामा विक्री वितरण गरिसकेको कम्पनीका क्षेत्रीय विक्री प्रवन्धक केदारराज गौलीले जानकारी दिए ।

बियरका पारखीलाई ध्यानमा राख्दै पोखरामा अर्ना ६.४ को विक्री वितरण सुरु गरिएको उनले बताए ।

कम्पनीका क्षेत्रीय विक्री प्रवन्धक गौलीले भने, ‘यो बियर विशेषगरि क्रिकेट खेलसँग सम्बन्धित रहेर उत्पादन गरिएको छ ।’

यति ब्रुअरीका ब्राण्डहरु अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्रङ, अर्ना ८, शिखर स्ट्रङ, यति ब्लण्ड बजारमा यसअघि नै आइसकेका र लोकप्रिय बनिसकेका छन् ।

कम्पनीका पोखरा प्रतिनिधि नारायण पौडेलका अनुसार नेपालको टि-२० क्रिकेट विश्वकप २०२४ को यात्रालाई उत्सव झैँ मनाउनका लागि यो बियर बजारमा ल्याइएको हो ।

अर्ना ६.४ बियरमा पुलअफ क्यापसहित तीन सय ३० मिलिलिटर र छ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध छन् ।

यो बियरको उपभोक्ता मूल्य एक सय ७० र तीन सय ३० रुपैयाँ रहेको कम्पनीका अर्का प्रतिनिधि मजिन्द्र पौडेलले जानकारी दिए ।

पोखरा इन्टरप्राइजेजका सञ्चालक सुरेस अधिकारीले यो बियर पोखराका प्रमुख मदिरा पसलमा उपलव्ध भइसकेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button