आज र भोलि मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

पोखरा । नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायुका अतिरिक्त भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ । जसका कारण पछिल्लो २४ घन्टामा देशका अधिकांश भागमा हल्कादेखि भारी वर्षा भयो । अहिले बिहान पनि पश्चिमदेखि पूर्वसम्मका धेरै भागमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कोशी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस र बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button