पोखरा आउँदै गरेको टिप्पर दुर्घटना, दुई जना घाइते

पोखरा । कास्कीको मादी गाउँपालिकाबाट पोखरा आउँदै गरेको टिप्पर आज बिहान दुर्घटना हुँदा दुई जना घाइते भएको छ ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिक वडा नं. ३ घर भई पोखरा-२६ विजयपुर बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा छन् ।

दुबै घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

आज बिहान १०ः४५ बजे मादी गाउँपालिकाको छाचोकबाट पोखरा आउँदै गरेको ग१ख ४२९८ नं. को ढुङ्गा लोड भएको टिप्पर मादी ५ स्यालटुँडामा सडकबाट पाँच मिटर तल खसेको बताइन्छ ।

दुर्घटना पश्चात् चालक फरार छन् । उनको खोजी र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button