ललितपुर । ललितपुरको गोदावरीमा बसबाट खसेर बालिकाको मृत्यु भएको छ ।
बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
बा४ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन् । उनी महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी हुन् ।
दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त चापागाउँले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution