पोखरा । आज परशुराम जयन्ती । आजकै दिन सत्यत्रेता युगको सन्धिकालमा परशुरामको जन्म भएको थियो । परशुराम कुनै समाज विशेषको आदर्श नभएर सम्पूर्ण हिन्दू समाजका आदर्श एवं चिरञ्जीवी हुन् । उनी रामका समयमा पनि थिए भने कृष्णका समयमा पनि थिए ।
भगवान् कृष्णलाई सुदर्शन चक्र उनैले दिएका थिए । भनिन्छ, परशुराम कलिको अन्त्यमा फेरि आउनेछन् । मान्यताअनुसार उनी कल्पको अन्तसम्म नै पृथ्वीमा तपस्यारत हुनेछन् । पौराणिक कथनअनुसार महेन्द्र पर्वत परशुरामको तपस्यास्थल हो र उनी अहिले त्यहीँ नै तपस्यारत छन् ।
परशुराम शिवका शिष्य हुन् । सत्य युगमा एक पटक उनी आफ्ना गुरु शिवलाई भेट्न कैलाश गएका थिए । उनलाई त्यहाँ गणेशले रोके । उनीहरूबीच युद्ध भयो । परशुरामले गणेशमाथि शिवबाट प्राप्त परशु (बन्चरो) प्रहार गरे । त्यसबाट गणेशको एउटा दा¥हा काटियो र उसै समयदेखि गणेशलाई एकदन्त भन्न थालियो ।
त्रेता युगमा परशुरामले रामसीताको स्वयंवरमा आएर राम अवतार हुन् कि होइनन् भन्ने जाँच गरे । अवतार हुन् भन्ने प्रस्ट भएपछि रामको अभिनन्दन गरे ।
द्वापर युगमा परशुराम अझ प्रखर रूपले उपस्थित भएका देखिन्छन् । उनले श्रीकृष्णलाई सुदर्शन चक्र मात्र उपलब्ध गराएनन्, कौरव सभामा कृष्णको समर्थन पनि गरे । द्वापर युगका प्रमुख योद्धाहरू भीष्म, द्रोणाचार्य तथा कर्ण परशुरामकै शिष्य थिए ।
कर्णले असत्य बोलेर आफूसँग शिक्षा लिएका कारण रिसाएर उनले कर्णलाई युद्धका समयमा आफूले सिकाएका सारा विद्या बिर्सने श्राप दिएका थिए ।
पशरुरामले एकपटक पिता जमदग्निको आज्ञा पालन गर्दै आप्mनी माता रेणुकाको हत्या गरेका थिए । पछि पिताले वरदान माग्न आग्रह गर्दा माताको पुनर्जीवन तथा माताले उक्त घटना बिर्सने वरदान मागेका थिए । परशुरामका जीवनसँग जोडिएका यस्ता अनेकौँ किस्सा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution