|फाइल तस्बिर
पोखरा । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीका प्रभाव छ ।
जसको प्रभावले गएराति पोखरामा भारी वर्षा भएको छ । गएराति पोखरामा मेघगर्जन, चट्याङसहित भारी वर्षा भएको थियो ।
अहिले बिहान गण्डकी, बाग्मती र कोशी प्रदेशका केही पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । तर लगातार वर्षा हुने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्नेक्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।
यस्तै, शनिबार र आइतबार भारी वर्षाको सम्भावना रहेको बताइन्छ । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले शनिबार र आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने अनुमान छ ।
गत आइतबार पूर्वी भेगदेखि वर्षा सुरु भएको थियो । वर्षाले देशभर लागेको डढेलो निभाएको छ । गर्मी पनि घटाएको छ भने लामो समयपछि वर्षा हुँदा खेतीबालीमा राहत पुगेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution