पोखरा । मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने एक युवक प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ३१ बस्ने २८ वर्षीय सुवास सुवेदी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार सुवेदीले वैशाख २० गते लेकसाइडस्थित एके टुर्स एण्ड ट्राभल्समा फोन गरेर आफू ‘मुख्यमन्त्रीको पिए हुँ’ भन्दै फुर्तीफार्ती लगाएर पोखरा काठमाडौं र काठमाडौँ नेपालगञ्जको टिकट बुक गर्न लगाएका थिए ।
सुवेदीले क्युआरमार्फत रकम पठाउने आश्वासन दिएका सुवेदी सम्पर्कविहीन भएपछि ट्राभल्स सञ्चालकले प्रहरीलाई घटनाबारे जानकारीसहित उजुरी दिए ।
उजुरीपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सुवेलीलाई पहिचान गरी वैशाख २५ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।
पक्राउ परेका सुवेदीविरुद्ध दुई ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरीसमेत परेको डीएसपी शर्माले जानकारी दिए ।
उनीबिरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution