पोखरा । पोखरामा गएराति स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा म्याग्दी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १६ दीप बस्दै आएका ४० वर्षीय सफल तिलिजा र पर्वत घर भई हाल पोखरा-१६ लामाचौर बस्ने ५२ वर्षीय चौबहादुर गुरुङ छन् ।
उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको स्वास्थ्य परीक्षणमा मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
गएराति करिब १ बजे जिरो किमीदेखि बागलुङ बसपाकतर्फ जाँदै गरेको ग११प ३९८६ को स्कुटर पोखरा-५ स्थित फिर्केपुलको रेलिङमा ठोक्किंएर दुर्घटना भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution