पोखराको न्यूरोडस्थित एभरेष्ट बैंकमा तोडफोड

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडस्थित एभरेष्ट बैंकमा अज्ञात व्यक्तिले तोडफाेड गरेका छन् ।

गएराति करिब २ः४५ बजे स्कुटरमा आएका एक जनाले गुलेलीले हानेर बैंकको सीसा फुटाएर भागेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माले भने, ‘एक व्यक्ति स्कुटरमा आएर गुलेली प्रहार गरेर बैंकको सीसा फुटाएर भागेको सीसीटिभी फुटेजमा देखियो ।’

यसबारेमा वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button