लोकगायिका अम्बिका भण्डारीको नयाँ गीत ‘आमाको मन’ सार्वजनिक

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३०
लोकगायिका अम्बिका भण्डारीको नयाँ गीत ‘आमाको मन’ सार्वजनिक

पोखरा । लोकगायिका एवं कवि अम्बिका भण्डारीले नयाँ गीत बजारमा ल्याएकी छन् । मातातीर्थ औंसी अवसर पारेर उनले गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

केही वर्षअघि आमा तथा यही वैशाखमा सासुआमा गुमाएकी उनले आमाप्रति समर्पित गर्दै गीत बजारमा ल्याएकी हुन् । गीतमा विदेश जाने छोराछोरी र आमाको पीडा समेटिएको छ । भण्डारीका छोराबुहारी र छोरीसमेत यही वर्ष परदेशिएका छन् ।

आफ्नो जस्तै धेरैका पीडालाई गीतमार्फत् अभिव्यक्त गरिएको छ । गीतमा शब्द र स्वर भण्डारीसँगै रामजी पौडेलको छ । गीतको कोरसमा अनिल चापागाईं, प्रकाश पौडेल, माया केसी, रोशनी घर्तीले साथ दिएका छन् । म्युजिक भिडियोको एरेञ्ज दिवस थापामगर र निर्माण गोपाल भण्डारी गरेका हुन् ।

बाँसुरी डिजिटल स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो । भिडियोमा रमेश भण्डारी, अम्बिका भण्डारी, राम भण्डारी, सुहाना भण्डारी लगायतको अभिनय छ ।

नृत्यतर्फ रश्मि भण्डारी, प्रमिशा भण्डारी, सुनिधी शर्मा, मनिसा सुनार, निर्देशन शिवराज भुर्तेल लगायत छन् । सप्तरंगी साहित्य समाज अध्यक्षसमेत रहेकी अम्बिकाका दुई दर्जनभन्दा बढी गीत र चार पुस्तक प्रकाशित छन् ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस