ग्याङफाइटमा एक जनाको मृत्यु, चार पक्राउ

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३०
ग्याङफाइटमा एक जनाको मृत्यु, चार पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।”

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस