पाेखरा । आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार चार सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३७ हजार सात सय ५० रुपैयाँ छ ।
गत साताको शुक्रबार तोलामा एक लाख ३७ हजार नाै सय र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३७ हजार दुइ सय ५० रुपैयाँ थियो ।
यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो । विहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदीको मूल्य तोलामा एक हजार सात सय २५ रुपैयाँ छ । गत शुक्रबार यसको मूल्य तोलामा एक हजार सात सय ३५ रुपैयाँ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution