विद्यार्थीले नै चुने नेशनल क्रियशन एकेडेमीको क्याप्टेन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीमा विद्यार्थीबीच निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनबाट नयाँ शैक्षिकसत्रका लागि स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर निर्वाचित भएका हुन् ।

निर्वाचनमा विद्यालयमा कक्षा ३ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थीले सहभागिता जनाएको विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले जानकारी दिए ।

निर्वाचनमार्फत कक्षा १० का आरुष लामा क्याप्टेन र कक्षा ९ का सौगात तामाङ भाइस क्याप्टेन र १२ जना प्रिफेक्टर निर्वाचित भएको विद्यालयका प्रशासक विक्रम थापाले जानकारी दिए ।

निर्वाचित क्याप्टेनलगायतलाई प्राचार्य ज्ञानेन्द्र थापाले प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गराउँदा विद्यार्थीले पनि नयाँ अनुभूति गर्न पाएको बताए । उनले प्रजातान्त्रिक अभ्यासले विद्यार्थीमा सामाजिक भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

निर्वाचनका सबै प्रक्रिया अपनाइएका कारण विद्यार्थीले देशको राष्ट्रिय निर्वाचनको अनुभूति गर्न पाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button