आजको पञ्चाङ्ग
मिति २०८१ वैशाख ३१ गते सोमबार, इस्वीसंवत मे १३ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । नक्षत्रमा पुनवर्सु दिनमा २ः०९ बजेसम्म त्यसपछि तिष्य लाग्नेछ । विष्कुम्भादि योगमा शूल १३ घटि ७ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३५ पला अर्थात १३ घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१८ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः३६ बजे र अस्ताउने समय रातिमा ११ः१५ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज दिन अनुकूल नै देखिन्छ तथापि अपेक्षा गरेजति लाभ हुनलाई अल्लि ग्रहको अबरोध देखिएको छ । केही मात्रामा आर्थिक कोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायिक व्यस्ततामा रहनुपर्ने छ । क्षणिक रुपमा भएपनि कमजोरी लुकाउन सकिनेछ । हर्ष एवम् सुखकर समाचार पनि मिल्नेछ । प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ ।
वृषः आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ ।
मिथुनः आज राहतपूर्ण तथा पूण्यार्जन गर्नसकिने खालको दिन रहेको छ । धर्मकर्ममा मन जाने र आध्यात्मिक तथा आस्तिक भावना वृद्धि हुने भएकोले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा बढ्नेछ । भौतिक पराक्रम गर्न पनि सक्नुहुने छ । तीर्थादि क्षेत्रको यात्राको सम्भावना देखिएको छ । महत्वपूर्ण कामको योजना एवम् थालनीको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ ।
कर्कटः आजको दिन साविकभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । दीर्घरोगीहरुले निकै सावधानी अप्नाउनु होला । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटकजन्य खतरा पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ ।
सिंहः आजको दिन विलासवृति बढ्ने खालको दिन रहेको छ । आमोद-प्रमोद एवम् भौतिक सुखप्रति चाहना बढ्ने छ । व्यवसायतर्फ भने ग्रहगोचरले ठिकै देखाएको छ, उन्नति भएर आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । अल्लि बढी आसक्ति गरिएको काम भने पूरा नहुने हो कि भन्ने सम्भावना देएिको छ ।
कन्याः आजको दिन केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, बाँकी कामको लागि गोचर स्थिति अनुकूल नै देखिन्छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा केहीहद्सम्म सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । विशेष काममा आउने अबरोध निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु उपयुक्त हुनेछ ।
तुला : आजको दिन ज्ञान प्रधान रहेको छ । विद्वान जनसँग ज्ञानगुन सिक्ने तथा विद्यार्जन गर्ने कामले सार्थकता पाउने छ । अध्ययन अध्यापन तथा ज्ञानविज्ञानको क्षेत्रमा आजको दिन बढी उपयोगी रहनसक्ने छ । यहाँको बुद्धिविवेकले सही काम गर्नसक्ने र मान्छेहरुबाट प्रशंसा पनि मिल्न सक्नेछ । सैद्धान्तिक पक्षमा अडान लिनुले प्रख्याति बढाउन मद्दत गर्नेछ । व्यवसायमा प्रगति र आर्थिक लाभको पनि योग छ ।
वृश्चिकः आजको दिन राम्रै व्यवहार गर्दा पनि परिणाम अनायाशै उल्टो आउनसक्ने गोचर देखिएको छ । मान्छेहरुसँग बोली व्यवहार गर्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । अन्यथा वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सामना गर्नपर्ने सम्भावना रहेको देखन्छि होसियारी अपनाउनु होला । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउन सक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ ।
धनुः आजको दिन हिम्मतिलो र सक्रिय भूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह-उमङ्गिलो दिन मान्न सकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ ।
मकरः आजको दिन गोचर प्रभाव सकारात्मक देखिएको छ । जसको कारणले गर्दा बोलीको माधुर्यताले मान्छेहरुलाई प्रभाव पार्न सकिने छ । प्रतिनिधित्त्व गर्ने व्यक्ति तथा वाणीवृति हुनेहरुको लागि आजको दिन बढी अनुकूल रहनसक्ने छ । परोपकारादि समाजसेवाको अवसर मिल्नेछ भने धन-धातु–खजाना आदिको संग्रह गर्न पनि सकिने छ । कुटुम्बजनसँग मिलन हुने र व्यवहारिक कुशलता प्रकट गर्न पाइने छ । श्रृङ्गार सामाग्री आदिमा लगानीको पनि सम्भावना छ ।
कुम्भ : आजको दिन अनुकूल परेको छ । दिन रमाइलो एवम् उमङ्गिलो र सौहार्दपूर्ण रहनेछ । कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । हितैषी जनहरुसँगको भेटघाटले खुशी छाउनेछ । कामकार्यमा पनि व्यस्त हुन पाइनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको मेजमानी एवम् उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा फाइदा उठाउन सक्नुहुनेछ । पद तथा जिम्मेवारी पनि थपिन सक्ने गोचरले संकेत गरिरहेको देखिन्छ ।
मीनः आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यनजस्ता प्रतिकूलता पर्नसक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । मानप्रतिष्ठामा ह्रास जस्ता प्रतिकूलताको सामना गर्नपर्ने भएकोले साहस र धैर्यता बढाउनु होला । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा सद्प्रयासरत रहनाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ ।
साइतः सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१८ बजेदेखि ६ः५८ बजेसम्म अमृत बेला
बिहान ६ः५८ बजेदेखि ८ः३९ बजेसम्म काल बेला
बिहान ८ः३९ बजेदेखि १०ः१९ बजेसम्म शुभ बेला
बिहान १०ः३९ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
मध्यान्ह १२ः०० बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः२१ बजेसम्म चर बेला
दिनमा ३ः२१ बजेदेखि ५ः०१ बजेसम्म लाभ बेला
दिनमा ५ः०१ बजेदेखि ६ः४२ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४२ बजेदेखि ८ः०१ बजेसम्म काल बेला
राति ८ः०१ बजेदेखि ९ः२१ बजेसम्म शुभ बेला
राति ९ः२१ बजेदेखि १०ः४० बजेसम्म रोग बेला
राति १०ः४० बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः१९ बजेसम्म चर बेला
राति १ः१९ बजेदेखि २ः३८ बजेसम्म लाभ बेला
रातिमा २ः३८ बजेदेखि ३ः५८ बजेसम्म अमृत बेला
रातिमा ३ः५८ बजेदेखि ५ः१७ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।