गण्डकी प्रदेशमा गएराति भारी वर्षा, आज के होला ?

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३१
गण्डकी प्रदेशमा गएराति भारी वर्षा, आज के होला ?

पोखरा । अहिले बिहान गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।

दिउँसो मुलुकका पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आइतबार जस्तो ठूलो पानी पर्ने सम्भावना भने आज छैन । आइतबार गण्डकी, कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा भएको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा गएराति भारी वर्षा भएको थियो । अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको छ ।

हिजोको तुलनामा आज कम र आजको तुलनामा सोम कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बुधवार धेरै ठाउँको मौसम सफा रहनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस