डिज्नील्याण्ड एकेडेमीमा विद्यार्थीको निर्वाचन, रेडक्रस सर्कल र बाल क्लबमा नयाँ नेतृत्व

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३१
डिज्नील्याण्ड एकेडेमीमा विद्यार्थीको निर्वाचन, रेडक्रस सर्कल र बाल क्लबमा नयाँ नेतृत्व

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मासवारस्थित डिज्नील्याण्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार मतदान प्रक्रियामार्फत दुवै संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो ।

जसमा जुनियर रेडक्रस सर्कलको सभापतिमा एक सय ५१ मत प्राप्त गरी कक्षा ९ का अंकित खड्का विजयी भए । उनीसँगै सभापतिमा प्रतिस्पर्धा गरेका कक्षा ९ का अनुकल्प नेपालीले ३८ मत प्राप्त गरे ।

उपसभापतिमा कक्षा ८ का संस्कार बराल एक सय दुई मतका साथ विजयी भए । बरालसँगै उपसभापतिमा प्रतिस्पर्धा गरेका कक्षा ८ कै प्रज्वल लामिछानेले ५१, स्मीता केसीले २६ मत प्राप्त गरे ।

सचिवमा पदमा कक्षा ९ की अनश्रू बराल ७५ मत प्राप्त गरी विजयी भइन् । सचिव पदमै प्रतिस्पर्धा गरेका कक्षा ९ का विप्लव श्रेष्ठले ६०, कक्षा ८ का आरुष बरालले ५० प्राप्त गरेका थिए ।

यस्तै, कोषाध्यक्षमा कक्षा ९ का प्रज्वल पराजुली ७७ मतसहित विजयी भए । पराजुलीका प्रतिस्पर्धीहरु कक्षा ० की एन्जिला पौडेलले ६४ र पुजन मगरले ४५ मत मात्र प्राप्त गरेका थिए ।

सहसचिवमा कक्षा ८ का सफल पौडेल ९२ मतका साथ विजयी हुँदा कक्षा ८ कै प्रकृति चालिसेले ६२ र आकृष पौडेलले २६ मत प्राप्त गरे ।

यस्तै १५ जना कार्यसमिति सदस्यमा सागरराज पौडेल एक १९, अनिश ढुंगाना ९७, विनम्र अधिकारी ९४, प्रशंसा पौडेल ७६, एनीका परियार ७४ र उज्वल खड्का ७४ मत प्राप्त गरी विजयी भएको विद्यालयले जनाएको छ ।

यता, डिज्नील्याण्ड बाल क्लबको अध्यक्षमा ९४ मत प्राप्त गर्दै कक्षा ९ की ईच्छा अधिकारी विजयी भएकी छन् । उनीसँगै प्रतिस्पर्धा गरेका कक्षा ९ कै सौरव कुमालले ९१ मत प्राप्त गरे ।

उपाध्यक्षमा कक्षा ८ की आस्था भुजेल ८६ मतकना साथ विजयी भइन् । उनका प्रतिस्पर्धी कक्षा ८ कै हिमालयन राईले ७५ र अनुज बरालले २५ मत प्राप्त गरे ।

क्लब सचिवमा ८६ मत प्राप्त गरी कक्षा ९ की श्रीपर्ना सुवेदी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कक्षा ९ कै अमिश अधिकारीले १८ र अमूल्य श्रेष्ठले ८२ प्राप्त गरे ।

कोषाध्यक्षमा कक्षा ९ की हिमानी लामिछाने ८६ मतसहित विजयी भएकी छन् । उनीसँगै प्रतिस्पर्धा गरेका कक्षा ९ की विशाखा रिमालले ५९ र कक्षा ८ का अद्युत अधिकारीले ३९ मत प्राप्त गरे ।

यसैगरी सह-सचिवमा कक्षा ८ का समिर खत्री ८५ मतसहित विजयी भए । खत्रीका प्रतिस्पर्धी कक्षा ८ की महिमा थापाले ५६, स्वर्निमा पण्डितले ४१ मत प्राप्त गरे ।

यस्तै, कार्यसमिति सदस्यमा हिमेश बराल एक १४ मत, अनिशा शर्मा एक सय पाँच, इशान लम्साल ९२, सुजन गुरुङ ८७ मत, आभास पौडेल ८४ र अनिश ढकाल ८१ मतका साथ विजयी भए ।

दुवै संस्थाको निर्वाचनका लागि वैशाख २० गते उम्मेदवारी मनोनयन, बैशाख २४ गते निर्वाचन चिन्ह प्रदान गरिएको थियो । निर्वाचन चिन्ह प्राप्त गरेलगत्तै उम्मेद्वारहरु प्रचारप्रसारमा लागेका थिए ।

साथै आस्था पौडेल, सोफिया गिरी, रोश्मी आले, मयंक अधिकारी र सुजल भण्डारीले विद्यार्थीहरुलाई मतदाता शिक्षा र मतदान प्रक्रियाका बारेमा प्रशिक्षण दिएका थिए ।

दुवै संस्थाका लागि छुट्टाछुट्टै मतपत्र र मतपेटिकाको व्यवस्था गरिएको थियो । निर्वाचनमा दुई सय पाँच विद्यार्थी सहभागी थिए ।

विद्यालयका संस्थापक निर्देशक मित्रबन्धु बरालको रोहवर आइतबार साँझ मतणना पछि निर्वातन परिणाम सार्वजनिक गरिएको हो ।

विद्यालयका संस्थापक प्राचार्य नरेशप्रसाद बरालले दुई संस्थाको चुनावले विद्यालयको वातावरण पूर्ण निर्वाचनमय बनेको बताए ।

पूर्ण प्रजातान्त्रिक पद्धति अपनाएर निर्वाचन सम्पन्न गराउँदा विद्यार्थीले महत्वपूर्ण शिक्षा हासिल गरेको उनले दावी गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस