पोखरा । युनाइटेड क्लब पोखराले बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतस्थित अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।
गत वैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतका यदुनाथ पाध्याको घर, गोठ, वस्तुभाउ र दधिराम पाध्याको दुई वटा गोठ र वस्तुभाउ जलेका थिए । उनीहरुलाई क्लबले एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।
उक्त अवसरमा बागलुङ नगरपालिका-१२ का अध्यक्ष कोपिलामणि शर्माले क्लबले बाग्लुङमा आइपुगेर आगलागी पीडित परिवारलाई सहयोग गरेकोमा धन्यवाद् दिए ।
क्लब अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखि पोखरा महोत्सव गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताए ।
उनले क्लबले २०७२ को भूकम्प पश्चात् विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद व्यवस्थापन कोष निर्माण गरी अगाडि बढेको बताए ।
अग्निपीडित यदुनाथ पाध्याले आफूहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासि जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केही पनि बाँकी नरहेको बताए ।
सो अवसरमा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाजलेसमेत आर्थिक सहयोग गरेको थियो ।
बागलुङ समाजले ३१ हजार १० र अर्जेवा पोखरा समाजले २० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution