पिप्लेले जित्यो बास्केटबल उपाधि

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३१
पिप्लेले जित्यो बास्केटबल उपाधि

पोखरा । पोखरामा भएको यु-२३ बास्केटबल प्रतियोगिताको उपाधि पिप्ले बास्केटबल क्लबले जितेको छ । महेन्द्रपुल युथ क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा केबिए सेतोलाई ७३-४३ स्कोरको फराकिलो अन्तरले हराउँदै पिप्लेले उपाधि चुमेको हो ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाइ फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८-१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०-९, तेस्रो क्वाटरमा १६-१० र अन्तिम क्वाटरमा २५-१२ को स्कोर निकालेको हो ।

उपाधिसँगै पिप्लेले नगद ४० हजार र नगद २५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे ।

२८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता थियो । शनिबार नै फाइनल खेल हुने भनिए पनि वर्षाका करण खेल आइतबार भएको हो ।

फाइनल खेलको समापनमा खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

बास्केटबल पनि लोकप्रिय खेलमध्येकै एक रहेको र यसका प्रतियोगिता हुँदै आए पनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित यु-२३ बास्केटबलको आयोजना गरेको बताए । उनले अब महेन्द्रपुल युथ क्लब पुनःजागृत भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस