माधव वियोगीलाई श्रीलोचन साहित्य पुरस्कार

पोखरा । छन्द बचाऊँ अभियन्ता माधव वियोगीलाई श्रीलोचन साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित सो पुरस्कार छन्दोबद्ध कविताको पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा योगदान दिएवापत प्रदान गर्न लागिएको हो ।

घोषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् ।

छन्दनायक वियोगी विगत दिनमा धनगढीमा रहेर प्राध्यापन पेसामा संलग्न भइ छन्दका कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरेली स्रष्टा वियोगी यस अघि धनगढीबाटै जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट विभूषित भइसकेका छन् ।

छन्द विश्वविद्यालय स्थापनार्थ हाल सक्रिय रहेका वियोगीका आठ महाकाव्यसहित् ३४ कृति प्रकाशित छन् ।

उनी जनप्रिय बहुमुखी क्याम्पस पोखराका पूर्व प्रमुख पनि हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button