खैरो हिरोइनसहित पोखराका दुई युवा पक्राउ

  • पोखरा न्यूज
  • २०८१ बैशाख ३१
खैरो हिरोइनसहित पोखराका दुई युवा पक्राउ

पोखरा । पोखरामा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे छन् ।

पोखरा-३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित उनीहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडक किनारमा पार्किङ गरिराखेको ग११प ७७४५ नम्बरको स्कुटरबाट ०दशमलव६२ ग्राम खैरो हिरोइन बरामद भएको हो ।

पक्राउ परेको दुवै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस