स्याङ्जामा जबरजस्ती बलात्कृत १५ वर्षकी बालिका गर्भवती, २१ वर्षका युवक पक्राउ

पोखरा । स्याङ्जामा एक १५ वर्षकी नाबालिकालाई जवरवस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ सिरिन्डाँडाका २१ वर्षीय रिमबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार थापाले बालिकालाई गत कात्तिकमा रातको समयमा जबरजस्ती करणी गरेका थिए । बालिका गर्भवती भएपछि सो घटना बाहिर आएको हो ।

बालिकाका आफन्तले परिवारका किटानी जाहेरी दिएपछि थापालाई पक्राउ गरिएको डीएसपी रानाले बताए ।

पक्राउ परेका थापाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान गरिएको डीएसपी रानाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button