सुनको मूल्य घट्याे

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ १
सुनको मूल्य घट्याे

पोखरा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य सात सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार चार सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३६ हजार सात सय ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा एक लाख ३८ हजार एक सय र तेजाबी सुनको मूल्य तोलामा एक लाख ३७ हजार चार सय ५० रुपैयाँ थियो ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस