बढ्यो सुनको मूल्य

पोखरा । आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै एक लाख ३८ हजार चार सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले मात्रै बढ्दै एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button