पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस इकाई समितिको अधिवेशन आगामी भदौमा हुने भएको छ । इकाई सभापति सुशील न्यौपानेका अनुसार गत वैशाख १४ गते सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो ।
अधिवेशनअन्तर्गत जेठ ६ देखि २५ गतेसम्म संघको सदस्यता वितरण, असार १६ देखि साउन ११ गतेसम्म क्याम्सअन्तर्गत इकाई समिति, संकाय समिति र समन्वय समितिलाई पूर्ण दिइने र साउन १५ गते अभिलेख सार्वजनिक गरिने भएको छ ।
यसैगरी साउन २० देखि २७ गतेसम्म प्रतिनिधि छनोट, २८ गते प्रतिनिधिको सूची प्रकाशन, २९ गते प्रतिनिधि उपर दावी विरोध, ३० गते दाबी विरोधमाथि छानविन, ३२ गते प्रतिनिधिको सूची प्रकाशित गरिने नेता प्रयास कोइरालाले जानकारी दिए ।
यस्तै, भदौ ५ गते अधिवेशन उद्घाटन र बन्दसत्र, उम्मेद्वारी मनोनयनपत्र वितरण, ६ गते बन्दसत्र, उम्मेद्वारी दर्ता र उम्मेद्वारका नामावली प्रकाशन, उम्मेद्वारमाथि दाबी विरोध, दावी विरोधमाथि छानविन र अन्तिम नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता, अन्तिम नामावली प्रकाशन गरिनेछ । भदौ ७ गते बिहान १० देखि साँझ ५ बजेसम्म मतदान हुने नेता कोइरालाले बताए ।
बैठकलाई संवोधन गर्दै सभापति न्यौपानेले ऐतिहासिक अधिवेशन सफलतापूर्वक सम्पन्न सबैको सहयोग आवश्यक रहेको बताए ।
संघलाई विधिसम्मत ढंगले सञ्चालन गर्नका लागि यो अधिवेशन महत्वपूर्ण हुने उनले दावी गरे ।
विधिको शासन लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै उनले बैठकले आन्तरिक निर्देशिका तयार गरेको र यसैका आधारमा संघको काम कार्वाही अघि बढ्ने जानकारी लिए । सोही निर्देशिकाअनुसार नै अधिवेशन तय भएको र निर्देशिका कार्यान्वयन गर्न सबै तयार हुनुपर्ने बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution