म्याग्दीमा ट्याक्टर दुर्घटना, पाँच जना घाइते, एक जनालाई पोखरा ल्याइयो

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ २
म्याग्दीमा ट्याक्टर दुर्घटना, पाँच जना घाइते, एक जनालाई पोखरा ल्याइयो

|फाइल तस्बिर

पोखरा । म्याग्दीमा बुधबार ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा धौलागिरी गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय लालबहादुर छन्त्याल, बेनी नगरपालिका वडा नं. ३ का १८ वर्षका पवन पुन, १६ वर्षका रोहित पुन, १४ वर्षका विजय किसान र बेनी-६ का ३६ वर्षीय कृष्ण किसान सेन्चुरी छन् ।

घाइतेमध्ये गम्भीर घाइते भएका विजय किसानको पोखरामा उपचार भइरहेको बेनी अस्पताल म्याग्दीका सूचना अधिकारी तथा वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले जानकारी दिइन् । अन्य घाइतेको उपचार बेनी अस्पतालमै भइरहेको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी-३ भकिम्ली हाडेखानी डाँडा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ग१त ६९४२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस