पोखरा । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।
यसैक्रममा नेकपा एमाले कास्कीले पनि आज जिल्ला पार्टी कार्यालयमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ । स्मृति दिवको पूर्व सन्ध्यामा बुधबार पोखरा १६, खोलाखेतस्थित मदन-आश्रित स्मृति पार्कमा सरसफाइ, माल्यार्पण तथा जवजका विशेषताको वाचन गरिएको थियो ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन-आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।
रहस्यमय जिप दुर्घटनामा मदन-आश्रितको निधन भए पनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution