सुनको भाउ एक लाख ४० हजार

पोखरा । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि निकालेको मूल्य सूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४० हजार रुपैयाँ तय गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा एक हजार सय सय रूपैयाँ बढी हो ।

स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्म एक लाख ४० हजार पुगेको थिएन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

गत वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै एक लाख ३९ हजार तीन सय पुगेको थियो । आज यो रेकर्ड तोडिएको हो ।

त्यस्तै बिहीबारको लागि तेजाबी सुनको मूल्य एक लाख ३९ हजार तीन सय तोकिएको छ ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । यस दिनका लागि एक तोला चाँदीको मूल्य एक हजार आठ सय पाँच रुपैयाँ कायम भएको छ ।

बुधबार एक हजार सात ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button