पोखराबाट गुल्मी जाँदै गरेको यात्रु बस दुर्घटना

पोखरा । पोखराबाट गुल्मी जाँदै गरेको बस दुर्घटनामा परेको छ । आज दिउसो करिब ३ः३० बजे गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ मक्वादीमा लु१ख १८७५ नम्बरको बस दुर्घटना भएको बताइएको छ ।

बसर सडकबाट एक सय ५० मिटर तल खसेर टुक्राटुक्रा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले जानकारी दिए ।

दुर्घटनामा १२ जना यात्रु घाइते भएको र उनीहरुको रिढी प्राथमिक केन्द्रमा उपचार भइरहेको डीएसपी पोखरेलले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेको परिचय खुल्न बाँकी छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button