मादी नदीमा बालकको शव भेटियो

तनहुँ । तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदी किनारमा शनिबार एक बालकको शव भेटिएको छ ।

नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।

मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button