नदीमा नुहाउने क्रममा दुई जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ जेष्ठ ७
नदीमा नुहाउने क्रममा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा नदीमा नुहाउनेक्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियारको मृत भेटिएका हुन् ।

उनीहरु शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका थिए । बेलुका हुँदापनि घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो ।

बेलुका ८ बजे घरदेखि करिब एक किलोमिटर पर दक्षिणतर्फ दिलबहादुर र सुवास अचेत अवस्थामा फेला परेका थिए ।

दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए । शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस