पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनालाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता लोकमाया तिमिल्सेनाको ८२ बर्षको उमेरमा आइतबार साँझ पोखरा-२८ आरुपाटास्थित आफ्नै निवासमा निधन भएको हो ।
सामाजिक सेवामा सक्रिय लोकमाया लामो समयदेखि दम र प्रेसर रोगबाट पीडित थिइन् ।
उनका पाँच छोरा कृष्णप्रसाद, विष्णुप्रसाद, तुलसीप्रसाद, माधवप्रसाद, रामप्रसाद रामप्रसाद तिमिल्सेना छन् । साथै तीन छोरी सीता, मधुमाया र तारा, २० नातिनातिनी, ११ पनातिनी छन् । उनका पति दयानीधि तिमिल्सेनाकाे २०६७ सालमा निधन भएको थियो ।
पारिवारिक स्रोतका अनुसार स्व. लोममायाको आज बिहान ८ः३० बजे शवयात्रासहित भण्डारढिकस्थित नर्मदेश्वर घाटमा अन्तिम संस्कार गरिनेछ ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाकी माता लोकमायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
महासंघ अध्यक्ष बिमला भण्डारीले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै तिमिल्सेना परिवारमा परेको वज्रपातले आफूसहित सिंगो कस्केली पत्रकारलाई मर्माहत र स्तव्ध बनाएको उल्लेख गरेकी छन् । उनले शोकमा डुबेका परिवारजनमा समवेदना प्रकट गरेकी छन् ।
यता, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पनि लोकमायाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution