पोखरामा आज बिहानै वर्षा, देशभर कस्तो होला मौसम ?

पोखरा । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले पोखरामा आज बिहानै वर्षा भएको छ । चार दिनसम्म वर्षा नहुँदा प्रचण्ड गर्मी महसुस भएको पोखरामा आज बिहानै भएको वर्षाले केही राहत महसुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनसार आज देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button