पोखरा । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution